गलेश्वरमा नौ महिनामा ४२ लाख भेटी सङ्कलन

म्याग्दी । बेनी नगरपालिका–९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा नौ महिनाको अवधिमा रु ४२ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म मेलापर्वमा रु १९ लाख ७८ हजार आठ सय १८ र मण्डपमा रु २२ लाख ७९ हजार सात सय ९२ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
कोषका कोषाध्यक्ष कुमारी रोकाले चैत महिनाको बुधबार गणना गरिएको रु चार लाख ५९ हजार एक सय ३५ सहित चालु आवको नौ महिनामा रु ४२ लाख ५८ हजार छ सय १० भेटी सङ्कलन भएको जानकारी दिनुभयो । साउन सोमबारमा रु नौ लाख २७ हजार एक सय ७८, बाला चर्तुदशीमा रु छ लाख २१ हजार नौ सय २२ र शिवरात्रीमा रु चार लाख २९ हजार सात सय १८ भेटी सङ्कलन भएको हो । कोषको आम्दानी भेटी र बैंकको ब्याजसहित रु तीन करोड ७० लाखभन्दा बढी रहेको छ ।
मन्दिरको आम्दानी कर्मचारीको तलब, कार्यालय, मन्दिरका पुुजारी, ज्येष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृत विद्यालय सञ्चालनमा परिचालन गरिएको छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।
धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् ।
कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।
हिन्दूधर्म ग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्री पर्वमा विशेष मेला लाग्ने गर्छ । यहाँ दैनिक नित्य पूजाआजा हुने गर्छ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
















हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया