ललितपुर महानगरपालिकामा अब वातावरण प्रहरी राख्ने
मेरोन्यूज
२०८० चैत २९ गते २१:३२

ललितपुर । ललितपुर महानगरपालिकाले वातावरण प्रहरी राख्ने भएको छ ।
ललितपुर महानगर र यूएसएड स्वच्छ हावाको सहकार्यमा आजदेखि वातावरण प्रहरी सम्बन्धी तालिम शुरू गरेको हो।
सो तालिमको समुदघाट्न गर्दै ललितपुर महानगरका नगर प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरी बल भन्दा फरक र महानगरको वातावरणको हकहितको लागि तयार रहन तालिममा सहभागी वातावरण प्रहरीको भुमिका निभाउन आग्रह गरेका छन् ।
पहिलो चरणमा वातावरण प्रहरीको तालिम १५ जनालाई दिइने ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथूले बताए । तीनदिन चल्ने तालिममा वातावरण सम्बन्धी विद्यमान ऐन कानून, फोहरमैला व्यवस्थापन, बोट बिरुवा संरक्षण तथा व्यवस्थापन विधि र वायु प्रदूषण चुनौतीलगायत समेटिने बताइएको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया