शुक्रबार, माघ ९, २०८२

३ करोडमा बेचिएको थियो काभ्रेमा काटिएको बुद्धचित्तको रूख

मेरोन्यूज २०८० चैत ३० गते ११:०९

काठमाडौं। काभ्रेको रोशी गाउँपालिका–५ मा बिहीबार राती अज्ञात समूहले काटेको बुद्धचित्तको रुख बार्षिक ३ करोड रुपैँयामा ठेक्का सम्झौता भएको खुलेको छ ।

रुख धनी शेरबहादुर तामाङले करिब ३ महिनाअघि समिर त्रिपाठीलाई उक्त रुख ३ करोड रुपैयाँमा ठेक्कामा लगाएका थिए । उक्त रुखबाट फल्ने दाना उनीहरुले लैजान्थे ।

तामाङका अनुसार वर्ष उक्त रुख ९० लाख रुपैयाँ ठेक्कामा दिइएको भए पनि यस वर्ष भने वार्षिक ३ करोड रुपैयाँ पाउने गरि ठेक्का लगाएका थिए ।

तर उक्त रुखलाइ मध्यरातमा अज्ञात समूहले काटिदिएर घरको मूल ढोकामा विस्फोटक पदार्थ राखेर आरोपीहरू फरार भएका छन् । अहिले प्रहरीले यस बिषयमा अनुसन्धान सुरु गरिरहेकाे छ ।

प्रतिक्रिया