स्वास्थ्यमन्त्रीद्वारा स्वास्थ्य क्षेत्रको अनुसन्धानमा जोड

काठमाडौँ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रको अनुसन्धानमा जोड दिनुपर्ने बताए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको १०औँ स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रका वैज्ञानिकको शिखर सम्मेलनको आज समापन गर्दै स्वास्थ्यमन्त्री यादवले स्वास्थ्यका क्षेत्रमा कम अनुसन्धान भएकाले त्यसमा जोड दिनुपर्ने बताए।
उनले स्वास्थ्य क्षेत्रको धेरै जोड उपचार र शिक्षामा दिएको उल्लेख गर्दै आजको विज्ञान र प्रविधिको युगमा हाम्रोजस्तो आर्थिक रुपपले पछाडि परेको मुलुकका लागि अनुसन्धानको महत्व रहेको बताए।
परिषद्लाई अझ जनशक्ति र स्रोतको आवश्यकतालाई ध्यान दिने भन्दै स्वास्थ्यमन्त्री यादवले परिषद्लाई प्रादेशिक तहमा विस्तार गरिने बताए । उनले सम्मेलनबाट निस्केका निष्कर्षलाई सरकारले पृष्ठपोषकका रुपमा लिएर स्वास्थ्यसम्बन्धी नीतिनिर्माण प्रक्रियामा स्थान दिने र अनुसन्धानलाई टेकेर अगाडि बढ्ने बताए।
कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले स्वास्थ्य क्षेत्रको अनुसन्धान गर्न बजेट बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले परिषद् आफैले अनुसन्धान गर्ने नभई नियमनकारीका रुपमा हुनुपर्ने भन्दै शिक्षण अस्पताललाई संस्थागत रुपमा अनुसन्धानमा ल्याउनुपर्नेमा जोड दिए।
स्वास्थ्य सेवाको पहुँचमा ठीक भए पनि गुणस्तरमा चुकेको उल्लेख गर्दै सचिव पोखरेलले आगामी दिनमा गुणस्तरीय स्वास्थ्य सेवाका बारेमा काम गर्नु आवश्यक रहेको बताए।
परिषद्का अध्यक्ष डा गेहनाथ बरालले स्वास्थ्य क्षेत्रको खाली रहेको ठाउँमा अध्ययन अनुसन्धान हुनुपर्ने बताए । परिषद्का सदस्य सचिव डा प्रमोद जोशीले सम्मेलनले स्वास्थ्य क्षेत्रको नीति निर्माणमा सहयोग मिल्ने छ भन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा विभिन्न अध्ययन अनुसन्धानकर्ताका ७६ मौखिक र दुई सय ७३ पोस्टर प्रस्तुतीकरण गरिएको थियो ।
सम्मेलनमा विभिन्न १० विधामा अवार्ड समेत प्रदान गरिनेछ । सम्मेलनमा प्रस्तुत भएका मौखिक प्रस्तुतीकरणतर्फ किरण आचार्य र पोस्टर प्रस्तुतीकरणमा प्रतीक्षा पौडेलले उत्कृष्ट अवार्ड पाएका छन्। सम्मेलनमा एक हजारभन्दा बढी अनुसन्धानकर्ता, चिकित्सक, जनस्वास्थ्यविद्लगायतको सहभागिता थियो ।

















पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन
उज्यालो नेपाल पार्टीले सार्वजनिक गरेकाे निर्वाचन प्रतिबद्धतापत्रमा के छ ?
पश्चिमी वायुको सामान्य प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया