झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने
मेरोन्यूज
२०८१ वैशाख १ गते २०:३०

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने भएको छ ।
भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।
अप्रिल १९ तारिख (वैशाख ७ गते) उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने प्रजिअ शर्माले बताए ।
सुरक्षा संवेदनशीलताको कारण नाका बन्द हुन लागेको हो । सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।
भारतीय अधिकारीहरूसँग यसअघि नै समन्वय गरेर नाका बन्द गरिने भएको हो । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमानुसार नै सीमा बन्द गर्ने चलन छ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया