जितपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा
मेरोन्यूज
२०८१ वैशाख २ गते ८:४९

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लुटन टाउनमाथि फराकिलो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड, माटेओ कोभाकिक, जेरेमी डोकु र जोस्को गभारडिओलले एक एक गोल गरेका थिए भने एक गोल लुटन टाउनका डैकी हशिओकाले आत्मघाती गोल गरेका थिए । त्यस्तै लुटन टाउनका लागि एक गोल रोज बार्कलीले गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । सिटीको ३२ खेलमा ७३ अंक भएको छ ।
त्यस्तै एक खेल कम खेलेको आर्सनलको ३१ खेलमा ७१ अंक छ भने लिभरपुलको पनि ३१ खेलमा ७१ अंक नै छ ।
त्यसैगरी लुटन टाउनको ३३ खेलमा २५ अंक रहेको छ र रेलिगेसन जोनमा रहेको छ ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
प्रतिक्रिया