मंगलबार, वैशाख १५, २०८३

सुदूरपश्चिम मुख्यमन्त्रीमा नाउपाकै कैलाश चौधरीको पनि दाबी

मेरोन्यूज २०८१ वैशाख २ गते १६:५५

कैलाली । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

Advertisement
NiccNicc

प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका हुन्। उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एक जना स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

यसअघि नाउपाकै सांसद लक्ष्मण किशोर चौधरीले दाबी पेश गरेका थिए ।

स्राेतका अनुसार दाेहाराे दाबी परेपछि मुख्यमन्त्री नजिर मियाँले कानुनी छलफल गरेर निर्णय गर्ने भएका छन् ।

प्रतिक्रिया