हङकङविरुद्ध नेपाललाई चौथो सफलता, ललितले लिए बाबरको विकेट
मेरोन्यूज
२०८१ वैशाख ३ गते १३:४९

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङकङको चौथो विकेट लिएको छ ।
हङकङका विष्फोटक ब्याट्सम्यान बाबर हायातलाई ललित राजवंशीले आउट गरेका हुन् । ९ बलमा ६ रन मात्र बनाएर बाबर पेभिलियन फर्किए ।
ललितले आफ्नो बलिङमा आफैले क्याच लिँदै बाबरलाई पेभेलियन फर्काएका हुन् ।
जारी खेलको ९.२ ओभरमा हङकङले ४ विकेट गुमाएर ६८ रन बनाएको छ ।
सम्बन्धित
















विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया