सन्दीपविरुद्धको बलात्कार मुद्दामा उच्च अदालतले पनि माग्यो पीडितकाे जन्मदर्ता
मेरोन्यूज
२०८१ वैशाख ३ गते १८:४४

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजात झिकाउने आदेश गरेको छ ।
न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ता रहेको स्थानीय तहको वडा कार्यालयबाट पीडितले जन्मदर्ताको कागजात बनाउँदा पेश गरेको निवेदनको सक्कल प्रति झिकाउन आदेश गरेको हो ।
यसअघि जिल्ला अदालतले तीन पटकसम्म जन्मदर्ताको प्रमाणपत्र झिकाएर गौशाला २६ (छ) लाई बालिग ठहर गरेको थियो । यसविरुद्ध क्रिकेटर सन्दिप लामिछाने उच्च अदालत पाटन पुगेका छन् । उनले जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गरेका छन् ।
सम्बन्धित
















विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया