सशस्त्रको नायव महानिरीक्षकमा पदोन्नति भएका अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी सेवा, साधारण समुह, साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका हुन् ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवासँगै थप भएको पदीय जिम्मेवारीलाई ईमान्दारीताकासाथ कार्यक्षेत्रमा पूर्ण व्यावसायीकता र बफादारिताकासाथ आगामी दिनहरुमा समेत अझ बढि सक्रिय भई लाग्न निर्देशन दिए ।
महानिरीक्षक अर्यालले राष्ट्र र संगठनले लिएको निर्दिष्ट लक्ष्य प्राप्तीको लागि कार्यक्षेत्रमा परिचालित हुँदा सदैव देश र जनताको लागि खटिएको छु, म जहाँ भएपनि ईमान्दारीताकासाथ काम कारवाही गर्नसक्छु र गर्छु भन्ने भावनाका साथ सकारात्मक सोच र ईमान्दारीतापूर्वक आफु जिम्मेवार भई मातहत कर्मचारी समेतलाई सोही अनुरुप परिचालन गर्न निर्देशन दिए ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत र अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।













प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
गोली प्रहार गर्न मैले कुनै आदेश दिएको छैन, कानुनले पनि दिँदैन : पूर्वगृहमन्त्री लेखक
चिडियाखानाको व्यवस्थापनलाई सहज बनाउँछाैं : मन्त्री चौलागाईं
रमेश लेखकले जाँचबुझ आयोगलाई दिएको बयानमा के भने ? (पूर्णपाठ)
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया