सशस्त्रको नायव महानिरीक्षकमा पदोन्नति भएका अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी सेवा, साधारण समुह, साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका हुन् ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवासँगै थप भएको पदीय जिम्मेवारीलाई ईमान्दारीताकासाथ कार्यक्षेत्रमा पूर्ण व्यावसायीकता र बफादारिताकासाथ आगामी दिनहरुमा समेत अझ बढि सक्रिय भई लाग्न निर्देशन दिए ।
महानिरीक्षक अर्यालले राष्ट्र र संगठनले लिएको निर्दिष्ट लक्ष्य प्राप्तीको लागि कार्यक्षेत्रमा परिचालित हुँदा सदैव देश र जनताको लागि खटिएको छु, म जहाँ भएपनि ईमान्दारीताकासाथ काम कारवाही गर्नसक्छु र गर्छु भन्ने भावनाका साथ सकारात्मक सोच र ईमान्दारीतापूर्वक आफु जिम्मेवार भई मातहत कर्मचारी समेतलाई सोही अनुरुप परिचालन गर्न निर्देशन दिए ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत र अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
















बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया