नाबालिकालाई वेश्यावृत्तिमा लगाउने २ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौँको चावहिलमा रहेको फ्रेन्डशिप ब्युटी एन्ड स्पामा ललाईफकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाकी ३४ वर्षीया पूजा लोवा र चितवनकी ४३ वर्षीय ओमकुमारी पुन रहेका छन् ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गौतम मिश्रले आर्थिक अवस्था कमजोर भएकी नाबालिकालाई रेष्टुरेन्ट तथा स्पालगायत स्थानमा आकर्षक तलब सुविधा हुने काममा लगाई दिने प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाएकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । “सुरुमा नाबालिकालाई वेटरको काममा लगाई दिने भनी ओमकुमारी पुनले पूर्वी नवलपरासीको एक रेष्टुरेन्टमा पठाई रेष्टुरेन्ट सञ्चालकले ललाईफकाई तथा धाँकधम्की दिई वेश्यावृत्तिमा लगाएको अनुसन्धानमा खुलेको छ,” उनले भने ।
पक्राउ परेकामध्ये लोवाले नाबालिकालाई काठमाडौँ ल्याएर विभिन्न प्रलोभनमा पारेर जबर्जस्ती ग्राहकसँग सम्पर्क राख्न लगाई वेश्यावृत्तिमा लगाएको प्रहरीले जनाएको छ ।
उनीहरुले पीडित नाबालिकालाई ग्राहकको अनुरोधमा विभिन्न होटल तथा गेष्ट हाउसमा पठाओ प्रयोग गरी पठाई वेश्यावृत्तिमा लगाउने गरेको अनुसन्धानमा खुलेको प्रवक्ता मिश्रले बताए ।
पक्राउ परेका दुवैजनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।
















शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया