सनराइजर्सले आइपिएलमा तोड्यो आफ्नै किर्तिमान, बैंगलुरु २५ रनले पराजित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई २५ रनले पराजति गरेको हो ।
सनराइजर्सले दिएको कीर्तिमानी २८८ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउदै २६२ रन बनाएको थियो । बैंगलुरुका लागि दिनेश कार्तिकले ३५ बलमा ८३ तथा कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाएका थिए ।
यसअघि सनराइजर्सले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाउदै २८७ रन बनाएको थियो ।
सनराइजर्सका लागि ट्राभिस हेडले १०२ तथा हेइनरिक क्लासेनले ६७ रन बनाएका थिए ।
यो आइपिएलको इतिहासमा अहिलेसम्म बनेको सबैभन्दा ठुलो टोटल हो । सनराइजर्सले यसअघि यसै सिजनमा मुम्बई इण्डियन्सविरुद्ध आफैले बनाएको २७७ रनको रेकर्ड तोडेको थियो ।
यो जितपछि सनराइजर्सको ६ खेलमा ४ जितसहित ८ अंक भएको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुको भने यो यस सिजनमा छैटौं हार हो । ७ खेलमा एक जितसहित २ अंक लिएर बैंगलुरु पुछारमा रहेको छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया