ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनी

काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनी गरिएको छ ।
सरोङ आर्ट गुप्रले सोन्जा आर्ट ग्यालरीसँग सहकार्य गरी होटल आर्ट ठमेलमा तीनदिने कार्यशाला तथा कला प्रदर्शनी गरेको हो । उक्त प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशका ५० कलाकारको कलाकृति राखिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं काठमाडौँ क्षेत्र नं ७ का प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले उक्त प्रदर्शनीको शुभारम्भ गरे । नेता पराजुलीले कला प्रदर्शनीको माध्यमबाट विभिन्न देशबीचको सम्बन्ध थप प्रगाढ भएको बताए। उनले यस्ता कला प्रदर्शनीले नेपालको कला क्षेत्रको विकासमा समेत सहयोग पुग्ने उल्लेख गरे ।
सोन्जा आर्ट ग्यालरीका अध्यक्ष एवम् होटल आर्ट ठमेलका सञ्चालक चिरञ्जीवी भट्टले नेपालको कला क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए। सन् २००४ देखि सोन्जा आर्ट ग्यालरीले नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरिरहेको उनको भनाइ छ ।
बङ्गलादेशका वरिष्ठ फोटोग्राफर डा इमरान विन युनुसले संस्कृति र प्रकृतिले सुन्दर नेपालमा कला प्रदर्शन गर्नु भारत र बङ्गलादेशी कलाकारका लागि खुसीको कुरा भएको प्रतिक्रिया दिए। तीन दिनसम्म चल्ने कला प्रदर्शनीमा बङ्गलादेशका वरिष्ठ कलाकार सफिक अहमद सजिव, अजिजुल कादिर, रफिया अख्तर, भारतीय वरिष्ठ कलाकार रेहेमान पटेल, डा सुवया याम निला, नारायण सुकम्बरलगायतका चित्र राखिएका छन् ।
पाँच देशका छ स्थानमा कला प्रदर्शन गरिसकेको सरोङ आर्ट गुप्रले सातौँ कला प्रदर्शन नेपालमा गरेको गुप्रका अध्यक्ष नारगिस सोमाले जानकारी दिए। उक्त गुप्रले यसअघि जापान, श्रीलङ्का, बङ्गलादेश र भारतमा कला प्रदर्शन गरिसकेको छ ।









राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
एनपिएलः कर्णालीले पायो १५७ रनको लक्ष्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया