आइपिएलमा आज गुजरात र दिल्ली भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ ।
आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच खेल हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा गुजरात टाइटन्सले अहिलेसम्म खेलेका ६ खेलमा ३ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ ।
त्यसैगरी दिल्ली क्यापिटल्सले भने अहिलेसम्म खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको छ ।
गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ । यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ । गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।
त्यसैगरी दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गर्दै छन् । आइपिएलको प्रदर्शनले उनलाई राष्ट्रिय टिमको बाटोमा लैजाने छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ ।
त्यस्तै डेविड वार्नर, मिचेल मार्श जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ । दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो ।

















१३२ केभी प्रसारणलाइनको परीक्षण सुरु
Jumla folks protest ambulance fare hike
नवलपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
अफगानिस्तानको दुई सडक दुर्घटनामा ६ जनाको मृत्यु, १४ घाइते
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
इटालीसँग नेपालको लज्जास्पद हार
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
साँढेको जुधाइ, बाच्छाको मिच्याइँ नहोस् : प्रचण्ड
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रतिक्रिया