युएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । एसीसी प्रिमियर कपमा युएईले कम्बोडियामाथि फराकिलो जित हासिल गरेको छ ।
समुह बि को समुह चरणको अन्तिम खेलमा युएईले कम्बोडियालाई ९ विकेटले पराजित गरेको हो । कम्बोडियाले दिएको ७७ रन\को लक्ष्य पछाएको युएईले ५.१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि कम्बोडियाले पहिला ब्याटिंग गर्दै १९ ओभरमा अल आउट हुदै ७६ रन मात्र बनाएको थियो ।
यो जितपछि युएईको ४ खेलमा ६ अंक भएको छ र अहिले शिर्ष स्थानमा उक्लिएको छ । यो जितपछि युएई सेमिफाइनलमा पुग्ने निश्चित भएको छ र अब समुह बि को विजेता उपविजेताको टुंगो भने अहिले जारी रहेको ओमान र कुवेतबीचको खेल पछि मात्र लाग्ने छ । ओमानले कुवेतलाई हराएमा युएई उपविजेता हुने छ र सेमिफाइनलमा नेपालसँग खेल्ने छ । अर्को तर्फ कुवेतले ओमानलाई पराजित गरेमा भने रनरेट निर्णायक हुने छ ।
समुह बी बाट बहराइन र कम्बोडिया यस अघि नै बाहिरिइसकेका छन् ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया