युएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । एसीसी प्रिमियर कपमा युएईले कम्बोडियामाथि फराकिलो जित हासिल गरेको छ ।
समुह बि को समुह चरणको अन्तिम खेलमा युएईले कम्बोडियालाई ९ विकेटले पराजित गरेको हो । कम्बोडियाले दिएको ७७ रन\को लक्ष्य पछाएको युएईले ५.१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि कम्बोडियाले पहिला ब्याटिंग गर्दै १९ ओभरमा अल आउट हुदै ७६ रन मात्र बनाएको थियो ।
यो जितपछि युएईको ४ खेलमा ६ अंक भएको छ र अहिले शिर्ष स्थानमा उक्लिएको छ । यो जितपछि युएई सेमिफाइनलमा पुग्ने निश्चित भएको छ र अब समुह बि को विजेता उपविजेताको टुंगो भने अहिले जारी रहेको ओमान र कुवेतबीचको खेल पछि मात्र लाग्ने छ । ओमानले कुवेतलाई हराएमा युएई उपविजेता हुने छ र सेमिफाइनलमा नेपालसँग खेल्ने छ । अर्को तर्फ कुवेतले ओमानलाई पराजित गरेमा भने रनरेट निर्णायक हुने छ ।
समुह बी बाट बहराइन र कम्बोडिया यस अघि नै बाहिरिइसकेका छन् ।
















सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया