आइपिएलमा आज पञ्जाव र मुम्बई खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदैँछ ।
आज पञ्जाव किंग्स र मुम्बई इण्डियन्सबीच खेल हुदै छ । पञ्जावको घरेलु मैदान मुल्लानपुरमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा पञ्जाव किंग्स र मुम्बई इण्डियन्सको अहिलेसम्मको प्रदर्शन सन्तोषजनक हुन सकेको छैन । दुवैले अहिलेसम्म खेलेका ६-६ खेलमा २-२ खेल जितेका छन् भने ४-४ खेलमा हार बेहोरेका छन् ।
पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहेपनि इन्जुरीका कारण पछिल्लो खेल खेलेका थिएनन् । उनको अनुपस्थितिमा साम कुरानले पञ्जावको कप्तानी गरेका थिए ।
त्यस्तै पञ्जावका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल, शशांक सिंह, आसुतोष शर्मा जस्ता खेलाडीको भूमिका महत्वपूर्ण देखिएको छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
आइपिएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौ भएको थियो ।
त्यस्तै मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया