एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणमा क्रमशः चासो बढेको पाइएको छ । साथै घुम्ती सेवाबाट उनीहरू उत्साहित पनि भएका छन् ।
मटिहानी नगर कार्यपालिकाको कार्यालयले बस्तीबस्तीमा थालेको घुम्ती सेवाप्रति सर्वसाधारणबिच आफ्ना ठाउँका आवश्यकता र तिनको समाधानका बारेमा छलफल पनि बढाएको हो । नगर कार्यपालिकाको कार्यालयले सबै वडा बस्ती पुग्ने तालिकासहित सोमबार थालिएको एकीकृत सेवा टोलीमा जनसहभागिता बढ्दै गएको कार्यालयका योजना अधिकृत राजेशकुमार शर्मा बताउछन् ।
नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयबाट सम्पादन हुँदै आएका जनसरोकारका काम एकीकृत घुम्ती सेवामा समावेश गरिएको छ । उक्त सेवाअन्तर्गत जन्मदर्तासहितका घटना दर्ता, नागरिकता तथा अन्य महत्वपूर्ण कामका निम्ति दैनिक हुँदै आएका सिफारिसका अतिरिक्त योजनासम्बन्धी अभिमुखीकरण, छलफल र सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, नाता प्रमाणित, अपाङ्गता परिचयपत्रका लागि दरखास्त सङ्कलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरणसहितका कार्यक्रम समाविष्ट छन् ।
यसैगरी कृषिसम्बन्धी विज्ञबाट माटो परीक्षण, कृषि मिटर सिफारिस र तरकारीका मिनी कीट वितरण गरिँदै छ । घुम्ती सेवामा पशुबस्तुको गोबर र गर्भ परीक्षण, पशुपक्षीसम्बन्धी विभिन्न स्वास्थ्य समस्याबारे परामर्श तथा औषधि वितरणका कार्यक्रम पनि छन् । यसै कार्यक्रममा राजस्व असुली, गरिब परिचयपत्र वितरणसहितका वडा कार्यालयबाट प्रवाह हुने व्यक्तिगत घटना दर्तालगायत सेवा पनि समावेश गरिएको छ ।
एकै ठाउँमा विविध सेवा प्रवाहले विभिन्न कार्यालयबाट हुँदै आएका काम सर्वसाधारणले आफ्नै बस्तीमा सजिलै पाएका छन् । घुम्ती सेवाले भएका जनसरोकारका विकासे कार्यबारे आम चासो बढाएको मटिहानी नगरका उपप्रमुख मञ्जुदेवी साह बताउछिन् । यस क्रममा व्यक्तिगत घटना दर्ताबारे सचेतना बढेको र स्थानीय आवश्यकताबारे योजना बनाउन सर्वसाधारणको सहभागिता बढेको उनी बताउछिन् ।
नगर कार्यपालिकाको कार्यालयले जनसरोकारका काममा सर्वसाधारणको चासो बढाउन र सम्पादित कामबारे आम उपभोक्ताको धारणा समेट्न यो कार्यक्रम सहयोगी हुने जनाएको छ । आफ्नै बस्तीमा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षसहितका जनप्रतिनिधि, कार्यालयका अधिकृत कर्मचारी र विभिन्न शाखाका प्रमुखलाई एकै ठाउँमा भेटेपछि सर्वसाधारण खुलेर आफ्ना आवश्यकता र कामबारे टिप्पणी गर्ने भएका छन् । मुख्यरुपमा जनसरोकारका काममा जनसहभागिता बढाउने उद्देश्यसाथ सुरु गरिएको एकीकृत घुम्ती सेवाको कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख हरिप्रसाद मण्डल बताउछन् । नगरमा नौ वडाका ५० भन्दा बढी बस्ती छन् । यो सेवा सबै बस्तीमा पुर्याइने प्रतिबद्धता उनी व्यक्त गर्छन् ।
जिल्लाको दक्षिणपूर्वमा अवस्थित भारतसँग सीमा जोडिएको मटिहानीमा प्रारम्भ भएको यो कार्यक्रमको प्रभावकारिताबारे अब छिमेकका स्थानीयतहका सर्वसधारणमा पनि चासो बढेको छ । जलेश्वर, पिपरासहितका मटिहानीसँग सीमा जोडिएका स्थानीयतहका सर्वसाधारणले आफ्ना प्रतिनिधिसँग यस्तो कार्यक्रम आफ्ना गाउँठाउँमा पनि शीघ्र आयोजना गर्न अनुरोध गर्न थालेका छन् ।










इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
दोहोरो अंकले बढ्यो सेयर बजार
‘टियागो ईभी कार्टनिभल सम्पन्न’, आशिम र समय्याले जिते ‘पीएस ५’पुरस्कार
देउवा र शेखर कोइरालाबीच भेट, के भयो कुराकानी ?
बिलबिजक नभएको सामानसहित एक जना पक्राउ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया