मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?
मेरोन्यूज
२०८१ वैशाख ६ गते १६:०५

जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
मुख्यमन्त्री यादवले माओवादीबाट दुई जना र एकीकृत समाजवादीबाट एक जना मन्त्री सामेल गर्दै सरकार विस्तार गरेका हुन् । माओवादीबाट भरतप्रसाद साह र युवराज भट्टराई मन्त्री बनेका छन् भने एकीकृत समाजवादीबाट बेची लुंगेली मन्त्री बनेका छन् । उनीहरुको आजै शपथ गराउने तयारी भएको छ ।
यसअघि माओवादीबाट उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री रहेकी सुनिता यादवलाई भने राजीनामा गर्न लगाइएको छ भने राज्यमन्त्री रहबर अन्सारीलाई समेत फिर्ता बोलाइएको छ ।
मधेस प्रदेशमा समा जसपाले मुख्यमन्त्रीसहित ४, एमालेले ४, एकीकृत र माओवादी केन्द्रले २-२ मन्त्रालय पाएका छन् ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया