अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेकाे छ ।
सुनसरी, धरान उपमहानगरपालिका-२० स्थित कार्कीछाप जंगलबाट अवैध लागूऔषध गाँजा १ सय ८५ किलो, तरवार ३ थान र स्टिलको पाईप १ थानसहित सोही उपमहानगरपालिका-११ बिष्णु चोक बस्ने २५ वर्षीय नकुल राई लगायत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कास्की, अन्नपूर्ण गाउँपालिका-१ मट्यु बस्ने ३४ वर्षीय नविन थकालीलाई अवैध लागूऔषध नुन मोलेको गाँजा करिब ४ किलोसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरीले उनलाई उनकै घरमा लुकाइछिपाई राखेको उक्त गाँजासहित पक्राउ गरेको हो ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन ९ सय ५१ एम्पुल नफुटेको तथा १ सय १४ एम्पुल फुटेको, बुर्फेनोफिन ६ सय ८५ एम्पुल नफुटेको तथा ५५ एम्पुल फुटेको, डाइजेपाम ८ सय ४२ एम्पुल नफुटेको तथा १ सय ४८ एम्पुल फुटेको र नाईट्राभेट ३ हजार ३ सय ८ ट्याबलेटसहित सप्तरी खडक नगरपालिका-११ बनौली बस्ने ४७ वर्षीय रामलोचन मुखियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले ना.५ ख १५६० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार मुखियालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सर्लाही बरहथबा नगरपालिका-११ घर भई काठमाडौं बसुन्धारा बस्ने ४७ वर्षीय कमल अधिकारीको समेत संलग्नता रहेको भन्ने खुल्न आएपश्चात् प्रहरीले उनलाई पनि पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया