सोडारीलाई नाउपाको समर्थन नरहेको भन्दै ५ सांसदले प्रदेश प्रमुखलाई बुझाए पत्र

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेशका पाँच सांसदहरूले दीर्घ सोडारीलाई आफुहरुको समर्थन नरहेको बताएका छन् । प्रदेश प्रमुख नजिर मियाँलाई एक पत्र बुझाउदै नाउपाका पाँच सांसदले आफुहरुको सोडारीलाई समर्थन नरहेको जानकारी गराएका हुन् ।
पत्रमा उनीहरुले सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा नाउपाका कैलाश चौधरी र टिका थापाको हस्ताक्षर प्रयोग गरेको बन्दै यो गैरसंवैधानिक, गैरकानुनी भएको स्पष्ट गरेका छन् । पत्रमा सुदूरपश्चिममा नाउपाको संसदीय दलको नेता घनश्याम चौधरी रहेको भन्दै दुई सांसदको हस्ताक्षर मान्य नहुने बताएका छन् ।
पत्रमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन् ।
उनीहरू पाँचैजना नाउपाका संरक्षक रेशम चौधरी निकट हुन् । नाउपा भित्रको विवादका बीच आजै प्रदेश प्रमुख मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया