युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती क्वाटरफाइनलका दोस्रो लिगका खेलहरु सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो ।
युरोपा लिगको सेमिफाइनलमा इटालियन सिरी ए का एएस रोमा र एटलान्टा पुगेका छन् भने जर्मनी क्लब लिभरकुसन र फ्रेन्च क्लब मार्सेली सेमिफाइनलमा पुगेका छन् ।
अब सेमिफाइनलमा मार्सेलीले एटलान्टाको सामना गर्ने छ भने रोमाले जर्मन च्याम्पियन लिभरकुसनको सामना गर्ने छ ।
क्वाटरफाइनलमा रोमा एसी मिलानलाई पहिलो लिगमा १-० ले र दोस्रो लिगमा २-१ गरि समग्रमा ३-१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै एटलान्टाले प्रिमियर लिग क्लब लिभरपुललाई पहिलो लिगमा ३-० ले पराजित गरेको थियो भने दोस्रो लिगमा लिभरपुलले १-० ले जितेपनि समग्रमा एटलान्टा ३-१ ले विजयी हुदै सेमिफाइनलमा पुगेको छ ।
त्यसैगरी लिभरकुसनले प्रिमियर लिग क्लब वेस्टह्यामलाई पहिलो लिगमा २-० र दोस्रो लिगमा १-१ को बराबरीसहित समग्रमा ३-१ ले पराजित गरेर सेमिफाइनमा पुगेको छ ।
त्यस्तै मार्सेलीले पोर्चुगलको क्लब बेनिफिकालाई पहिलो लिगमा २-१ ले पराजित भए पनि दोस्रो लिगमा १-० ले पराजित गर्दै समग्रमा २-२ को नतिजा आएपछि पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
अब सेमिफाइनलको पहिलो लिगका खेल मे २ मा र दोस्रो लिगका खेल मे ९ मा हुने छन् ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया