एक सातादेखि अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ ।
दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अवरुद्ध भएको टेलिफोन सेवा एक सातापछि सञ्चालन भएको दूरसञ्चार कार्यालयका प्रमुख प्रेमकुमार राईले जानकारी दिए।
गत चैत २७ गते भोटखोला वडा नं २ र ४ को सिमानामा रहेको लची डाँडामा राखिएको टावरमा चट्याङले बिगारेपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो ।
ब्याट्री ब्याकअप, उपकरण र टावरका सामग्री पड्केपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो । टेलिफोन सेवा सञ्चालन भएपछि भोटखोला वडा नं २ र ३ का हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा लाभान्वित भएका छन् ।
विद्युत् सेवा नपुगेका दुर्गम गाउँमा विटिएस टावर अझै सोलारका भरमा चल्ने गरेका छन् । प्रतिकूल मौसम र कठिन भूगोल भएका कारण सदरमुकाम खाँदबारीबाट प्राविधिक टोली समयमा पुग्न कठिन भएको थियो । उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको छ ।
विद्युत् विस्तार नभएका दुर्गम भोटखोलाको टेलिफोन सेवा घाम अस्ताएसँगै बन्द हुने गरेको छ । विद्युत् नभएका कारण बर्खायाममा भोटखोलाको टेलिफोन सेवा घामसँगै बन्द हुने गरेको छ । विद्युत् विस्तार नहुँदा नेपाल टेलिकमका मोबाइल प्रयोग गर्ने भोटखोलाका नागरिकले मौसमका भरमा सेवा पाउने गरेका छन् ।















यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया