फरच्युना हेल्थकेयरले थाल्यो सिरिञ्जकाे उत्पादन

काठमाडौँ । मुलुकमा अहिले सियो उत्पादन हुँदैन । तर फरच्युना हेल्थकेयर प्रालिले फरच्युना ब्राण्डका सिरिञ्जको उत्पादन शुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सिरिञ्जको उद्घाटन गरेका छन् । उनले स्वदेशमा नै उत्पादन गरिएका स्वास्थ्यका उपकरण र औषधि प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले सम्भव भएसम्म स्वदेशमा नै उत्पादन गरिएका उपकरण र औषधि प्रयोग गर्नुपर्नेमा जोड दिए ।
कम्पनीले ललितपुरको चुनिखेलमा ८० करोड रुपियाँ बराबरको लागतमा सिरिन्जी उत्पादन गर्ने कम्पनी फरच्युना हेल्थकेयर स्थापन गरेको छ ।
“स्वास्थ्यका ठूला ठूला उपकरण स्वदेशमा नै उत्पादन गर्न सम्भवन नहोला” उनले भने,“तर साना साना उपकरण सम्भव भए आफ्नै देशमा नै उत्पादन गरिएका प्रयोग गर्नुपर्दछ ।”
मन्त्री यादवले स्वास्थ्यका औषधि र उपकरणमा गुणस्तरीय बनाउन सक्यो भने औषधि उद्योगको सम्भावना रहेको बताए ।
उत्पादनकर्ता निराशा भइरहेको वेला नयाँ उद्योग खोलेर उद्योगीलाई प्रोत्साहन गरेको उनको भनाइ छ । उनले सिरिन्ज अत्यावश्यक औषधिको उपकरण भएकोले यसले बजारको स्थान पाउने बताए ।
कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ति सचिव कृष्णवहादुर राउतले सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने बताए ।
उनले नयाँ उद्योगले नेपालको औद्योगिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै गुणस्तरिय स्वास्थ्य सामाग्री उत्पादनले नागरिकको स्वास्थ्यमा गुणस्तर ल्याउन सकिने बताए ।
कम्पनीले आफ्ना उत्पादन विश्व स्वास्थ्य संगठनले औषधि उद्योगका लागि तोकेको मापदण्ड जीएमपीमा आधारित रही आईएसओ मापदण्डको स्ट्यान्डर्ड पुरा गरिसकेको र नेपाल गुणस्तर चिह्न प्राप्तिका लागि पनि प्रक्रिया अघि बढिसकेको जनाएको छ ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले मुलुकलाई समृद्ध बनाउनकालागि उद्योग खोल्नुपर्नेमा जोड दिए । उनले विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०० जिएमपीको पालना हुने गरी नयाँ उद्योग आउनु सुखद कुरा हो भन्दै गुणस्तर पहिलो प्राथमिकतामा राखेर काम अघि बढाउनुपर्ने बताए ।
नेपाल उद्योग महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारलाई आफूहरुले सुधारका लागि चिकित्सकले जस्तै प्रेस्क्रिप्सन दिएको भन्दै तर सरकारले त्यसलाई नमानेपछि अर्थतन्त्रमा संकुचन देखिएको वताए । उनले सरकारले नीजि क्षेत्रको लगानीलाई सुनिश्चित गर्नुपर्ने भन्दै आगामी बजेटमा नीजि क्षेत्रलाई सहुलियत प्रदान गर्नुपर्ने बताए ।
फरच्युना हेल्थकेयरका अध्यक्ष भवानी राणाले नेपाली बजारमा ५८ करोड रुपियाँ बराबरको सिरिञ्ज आयात भइरहेको अवस्थामा नयाँ उद्योगले त्यसल आयातलाई न्यूनिकरण गरेर मुलुकका अर्थतन्त्र योगदान गर्ने बताइन । गत आर्थिक बर्षमा ६ करोड ४७ लाख १० हजार सिरिञ्ज विदेशबाट आयात भएको थियो ।
फरच्युना हेल्थकेयरका प्रवन्ध संचालक ईश्वर जिसीले स्वास्थ्य सामाग्रीमा आत्मनिर्भर बन्नका लागि सिरिञ्ज उत्पादन शुरु गरिएको बताए । उनले मुलुकमा उद्योग खोल्ने वातावरण छ भन्ने सन्देश दिनका लागि नयाँ उद्योग संचालन गरिएको बताए ।
उनका अनुसार फरच्युना हेल्थकेयरले एक एमएलदेखि ५० एमएलसम्मका सिरिञ्ज उत्पादन शुरु गरेको भन्दै सिरिन्जको गुणस्तरमा सम्झौता नगर्ने र मूल्य पनि आयातित सिरिञ्जको तुलनामा कम रहेको छ ।
कम्पनीले चाँडै नै आइभी क्यानुला, हाई क्वालिटी ग्लभ्स, ब्लड कलेक्सन ट्युव, आइभी क्यानुला फिक्सटर, एब्जर्बेन्ट कटन उल आइपी, गज, आइभी सेट, युरिन व्याग, क्रेप एण्ड रोल ब्यान्डेज लगायतका स्वास्थ्य सामाग्री उत्पादन गर्ने तयारी गरिएको उनले बताए ।

















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया