चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन निर्माण सुरु भएको छ । चेपाङ बालबालिका अध्ययन गर्ने जिल्लाको विकट क्षेत्र भाराङमा विद्यालयको २५ वर्ष पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माण सुरु गरिएको हो ।
गाउँपालिकाको ५० प्रतिशत र सपना भिलेज सोसल इम्प्याक्टको ५० प्रतिशत लगानीमा नौं कोठे विद्यालय भवनको शुक्रबार शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँको शैक्षिक उन्नयनका निम्ति आफू प्रतिबद्ध रहेको बताए । उनले विद्यालयमा पूर्वाधार निर्माण, शिक्षक दरबन्दी र कक्षा १० सम्मको स्वीकृतिको लागि प्रक्रिया प्रारम्भ भएको बताए ।
कक्षा १ देखि ८ सम्म पढाइ हुने उक्त विद्यालयमा तीन सय एक विद्यार्थी अध्यानरत छन् । विद्यालयका प्रधानाध्यापक दीपबहादुर गुरुङले विद्यालयको मुख्य भवन भत्काएपछि एउटा कक्षा कोठामा दुई वटा कक्षा सञ्चालन गरिरहेको बताए ।
‘असहज हुँदा विद्यार्थीलाई बाहिर राखेर पढाउने गरेका छौँ’, उनले भने, ‘भवन भत्काएपछि समस्या भएको छ ।” उनले कालिका नगरपालिका–१० बाट यहाँ चेपाङ बालबालिका अध्ययनका लागि आउने गरेको बताए । ‘बालबालिकालाई डेढ-दुई घण्टा हिँडेर विद्यालय आउनुपर्ने बाध्यता छ”, उनले भने, “यहाँ आवासीय विद्यालय बनाउन आवश्यक छ ।’
यहाँ विद्यालय टाढा भएकै कारण कतिपय बालबालिकाले ५ कक्षा पढेर पढाइ छाड्ने गरेको उनले बताए । कक्षा ८ उत्तीर्ण भएपछि यहाँका ७५ प्रतिशत विद्यार्थीले पढाइ छाड्छन । ‘चेपाङ बस्तीमा यो समस्या विकराल छ’, प्रअ गुरुङले भने, ‘कक्षा ८ उत्तीर्ण गरेपछि यहाँका विद्यार्थी ९ कक्षा पढ्न शक्तिखोर र हात्तीवाङ जानुपर्ने बाध्यता छ ।’ यहाँका विद्यार्थीलाई शक्तिखोर जान पाँच घण्टा र हात्तीवाङ तीन घण्टा लाग्छ ।
पालिकाको रु ४० लाख र सपना भिलेजको रु ४० लाख गरी रु ८० लाखको लगानीमा भवन निर्माणको काम सम्पन्न गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।
सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले विद्यायलमा ६ कक्षामाथिका बालबालिकालाई आवासीय सुविधा दिने योजनाका साथ भवन निर्माणको काम सुरु गरिएको बताए । उनले यो वडामा रहेका सबै बालबालिकालाई सरकारले दिएको दिवा खाजाको बजेट थप गरेर पेटभरि दिवा खाजा खुवाउने योजना अघि बढाइएको जानकारी दिए । सरकारले दिवा खाजाका लागि प्रतिविद्यार्थी रु १५ दिँदै आएको छ ।
















बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया