इन्ट्रा फाउण्डेसनद्वारा एम्बुलेन्स प्रदान

बेलवारी (मोरङ) । इन्ट्रा फाउण्डेसनको सहयोगमा प्राप्त दुई वटा एम्बुलेन्स यहाँस्थित दुई वटा शिविरलाई प्रदान गरिएको छ । दमकमा रहेको बेलडागी शिविर र पथरीको शनिश्चरे शिविरलाई आज एक कार्यक्रमका बीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले एम्बुलेन्स हस्तान्तरण गरे ।
सो अवसरमा उनले मोरङको पथरी शनिश्चरे–१० मा स्वास्थ्य चौकीको शुभारम्भ समेत गरे । भुटानबाट नेपाल हुँदै तेस्रो मलुक पुनःस्थापनाका क्रममा छुटेका भुटानी शरणार्थीलाई लक्षित गर्दै स्वास्थ्य चौकी सुरु गरिएको हो । इन्ट्रा फाउण्डेशन र डिल्ली अधिकारीको सामुदायिक परियोजनाअन्तर्गत शिविरमा पाँच शय्याको स्वास्थ्य चौकी सुरु गरिएको जनाइएको छ ।
त्यसअवसरमा मुख्यमन्त्री कार्कीले विश्वभरि छरिएर रहेका नेपाली लगानीकर्ताका लागि कोशी प्रदेशमा लगानी गर्न आह्वान गरे । उनले कोशी प्रदेशमा लगानी गर्न आग्रह गर्दै लगानीका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।
उनले इन्ट्रा फाउन्डेसन र संस्थापक डिल्ली अधिकारीले पु¥याएको योगदानको चर्चा गर्दै शिविर सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले लिने समेत उल्लेख गरे।
इन्ट्रा फाउण्डेशनका संस्थापक डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीलाई एकजुट गराउने उद्देश्यका साथ इन्ट्रा फाउण्डेसन अफ अमेरिकाको स्थापना भएको बताए । उनले भने, “इन्ट्रा फाउण्डेशनले विश्वका जहाँ–जहाँ नेपाली छन् त्यहाँ–त्यहाँ नेपालीको पहिचान र संरक्षणका लागि काम गर्दै आएको छ । यसको मूल उद्देश्य नेपाल र नेपालीको सेवा गर्नु हो ।”
















सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया