म्याग्दीमा मगरात सभ्यताको अध्ययन-अनुसन्धान गरिने

गलेश्वर (म्याग्दी) । मगर बाहुल्यता रहेको म्याग्दीमा मगर जातिको उत्पत्ति, दर्शन र मगरात सभ्यताको अध्ययन–अनुसन्धान गरिने भएको छ ।
नेपाल मगर सङ्घ केन्द्रीय समितिको आयोजना र नेपाल मगर सङ्घ जिल्ला समन्वय समितिको संयोजनमा वैशाख १० गतेदेखि पहिलो चरणमा जिल्लाका रघुगङ्गा, मालिका र धवलागिरि गाउँपालिकामा अध्ययन गरिने नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुनमगर (लोकेश) ले जानकारी दिए ।
उनका अनुसार वैशाख १० गते रघुगङ्गा गाउँपालिका–६ पाखापानीबाट गरिने भएको छ । वैशाख ११ गते दरबार भग्नावशेष अवलोकन, अन्तरक्रिया कार्यक्रम गरिने छ भने सोही दिन मालिका गाउँपालिका–५ देविस्थान, र वैशाख १२ गते धवलागिरिको केन्द्र मुनामा कार्यक्रम गर्ने बताइएको छ ।
नेपालमा जातिगत जनसङ्ख्याको हिसाबले मगर नेपालको तेस्रो ठूलो जाति हो भने आदिवासी जनजाति समुदायको पहिलो हो ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया