अमेरिकी अदालत अगाडी एक व्यक्तिले आफैमाथि आगो लगाएपछि…

काठमाडौँ । अमेरिकामा शुक्रबार एक व्यक्तिले म्यानह्याटन अदालतबाहिर आफैंलाई आगो लगाएका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई मौन पार्न पैसा तिरेको मुद्दाको सुनुवाइका लागि न्यायाधीशहरू चयन भइरहेका बेला यो घटना भएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।
आगो लगाउने व्यक्तिको नाम म्याक्सवेल अजरेलो थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । न्युयोर्क प्रहरीका अनुसार उक्त व्यक्तिले आफूलाई किन आगो लगाएको भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।
म्याक्सवेलले आगो लगाउनुअघि केही पर्चा हावामा फालेका थिए । ति पर्चामा राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प एकअर्कालाई भेट्दैछन् भन्ने लेखिएको थियो । उनीहरू दुवै अमेरिकामा फासीवाद ल्याएर हाम्रो प्रणालीलाई उखाल्न चाहेको उल्लेख थियो ।
म्याक्सवेलले आफूसँगै ज्वलनशील पदार्थ भएको क्यान ल्याएको र क्यानमा राखिएको ज्वलनशील पदार्थ आफैंमा छर्केर आगो लगाएको बताइएको छ । न्यूयोर्कका प्रहरी प्रमुख जेफ्री म्याड्रीका अनुसार उक्त व्यक्ति फ्लोरिडाका बासिन्दा थिए, जो एक साताअघि मात्रै न्यूयोर्क आएका थिए र उनको परिवारलाई समेत यसबारे जानकारी थिएन ।
उनको कुनै आपराधिक रेकर्ड नभएको प्रहरीले जनाएको छ । प्रहरीले पर्चा र क्यानमाथि अनुसन्धान गरिरहेको छ । उक्त व्यक्तिले आफूलाई आगो लगाउनुअघि केही नबोलेको प्रत्यक्षदर्शीले बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।
















२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
नुवाकोटको गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
फलामखानीको थप अनुसन्धान गरिँदै
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
प्रतिक्रिया