आइतबार, वैशाख १३, २०८३

नौ महिनामा साढे १० खर्ब व्यापार घाटा

मेरोन्यूज २०८१ वैशाख ९ गते १४:३०

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास (साउन–चैत)सम्म नेपालको आयात र निर्यातमा दुवै घटेको छ।

Advertisement
NiccNicc

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको तुलनामा आयात र निर्यात दुवै घटेको हो। चालु आर्थिक वर्षको यो वर्षको ९ महिनामा ११ खर्ब ६७ अर्ब रुपैयाँको वस्तु आयात भएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा १२ खर्ब १ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो। यस हिसाबले २.८४ प्रतिशतको गिरावट छ।

यस्तै समीक्षा अवधिमा नेपालबाट १ खर्ब १३ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ। अघिल्लो वर्ष यही अवधिमा १ खर्ब १८ अर्ब रुपैयाँको वस्तु निकासी भएको थियो। वस्तु निर्यात पनि ३.६६ प्रतिशतले घटेको छ।

आयात र निर्यात नै घटेपछि समग्र वैदेशिक व्यापारमा समेत गिरावट आएको छ। तथ्यांकअनुसार नेपालको वैदेशिक व्यापार २.९२ प्रतिशतले घटेर १२ खर्ब ८१ अर्ब रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा वैदेशिक व्यापार १३ खर्ब १९ अर्ब रुपैयाँको थियो।

नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब ५३ अर्ब रुपैयाँ छ। अघिल्लो वर्षको तुलनामा २.७५ प्रतिशतले सुधार भएको हो। अघिल्लो वर्ष यही अवधिसम्म १० खर्ब ८३ अर्ब रुपैयाँको व्यापार घाटा भएको थियो।

प्रतिक्रिया