आइतबार, फागुन ३, २०८२

तीन दशकका अभ्यासहरूलाई सच्याउन समय लाग्छ, धैर्य गर्नुस् : गृहमन्त्री

मेरोन्यूज २०८१ वैशाख ११ गते १०:२७

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकदेखिको अभ्यासहरूलाई सच्याउन समय लाग्ने बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना धारणा राख्दै उनले विगतका कयौं निर्णय र परम्परा छन् जसलाई नितिगत निर्णय गरी सच्याउनुपर्ने बताएका छन्।

आज कतारका अमिर आउने दिनमा गृह मन्त्रालयले दिएको बिदालाई लिएर सामाजिक सञ्जालमा उनको पुरानो अभिव्यक्ति उत्खनन् भएपछि लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले आफूले भीआईपीको सवारीका बेलामा नागरिकले पाउने सास्ती, करोडौँ खर्च गरेर दिइने पदक, आम माफीका विषयमा आफूले लगातार काम गरिरहेकाले छिट्टै रिजल्ट पनि आउने बताएका छन् ।

यस्तो छ उनले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा:-

विगतका कयौं निर्णय र परम्परा छन् जसलाई नितिगत निर्णय गरि सच्याउनु पर्छ। अनावश्यक विदा, भिआइपी सवारीू का नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँच वाला अपराधीलाई मात्र छुट,सुरक्षाकर्मी हरुलाई कामदार बनाउने परम्परा, केहि भुतपुर्वहरुलाई दिइदै आएको अभुतपुर्व सुबिधा लगायतका तमाम विषयमा पदबाहल गरेको दिन देखि नै लगातार काम गरिरहेको छु। रिजल्ट आउदैछ। तर विधि नै नफेरीकन कुनै ब्यक्ती, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र बैधानिक हिसाबले सहि हुन्न। जे कुरा हिजो गलत भनिएको थियो त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ। धेरै काम हुदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ।
विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, हाम्रा लाखौ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपाल सँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा ससम्मान स्वागत गर्दछु।
लोकतन्त्रमा आफ्नो देशको नेतालाई नागरिकले आफ्ना कुरा मज्जाले भन्न पाउनु पर्छ। चासोका साथ प्रश्न र खबरदारी गरिदिनु हुने सबै प्रती आभार।

लोकतन्त्र दिवसको सबैलाई शुभकामना।

प्रतिक्रिया