पठन संस्कृतिको विकास गर्न ‘कर्णाली साहित्य महोत्सव’

कर्णाली । पठन र लेखन संस्कृतिको विकास गर्न कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको छ ।
फ्युचर नेपाल र कर्णाली रिडर्स सोसाइटीको आयोजनामा आज ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको हो । कर्णालीको भाषा, साहित्य र संस्कृतिको विकास बारे विमर्श गर्न महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक डा नवराज केसीले जानकारी दिए ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । वीरेन्द्रनगर नगरपालिका र सुर्खेतमा अवस्थित विद्यालयहरूसँगको समन्वय र सहकार्यमा कर्णालीमा पहिलोपटक आयोजित महोत्सवमा छ सय पुस्तक प्रदर्शनी गरिने जनाइएको छ ।
महोत्सव आयोजक समितिका सदस्य तथा लेखक माधव चौलागाईँका अनुसार महोत्सवबाट पठन तथा लेखन संस्कृतिको विकास हुनुका साथै कर्णाली प्रदेश सरकार र स्थानीय तहको शैक्षिक योजना निर्माणमा सहयोग पुग्नेछ ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया