फिल्म ‘एक्टर’को शुभ मुहूर्त
मेरोन्यूज
२०८१ वैशाख ११ गते १३:०९

काठमाडौँ । फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान ललितपुरको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको हो ।
फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरु प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्यदेव, सुशील सिटौला लगायत उपस्थित थिए ।
अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले यस फिल्मबाट डेभ्यु गर्दैछिन् । फिल्ममा उनको जोडी प्रदीपसँग बाँधिनेछ । यही बैशाख अन्तिमबाट छायांकन सुरु हुन लागेको फिल्ममा राजबल्लभ कोइरालाले पनि करिब दश वर्षपछि कमब्याक गर्न लागेका छन् ।
राजन भुसालले फिल्मको निर्देशन गर्दै छन् भने फिल्मका निर्माता थमन कुमार भण्डारी हुन् । फिल्मलाई आगामी तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज गरिँदैछ ।
सम्बन्धित







ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया