आदित्यसँग अनन्याको सम्बन्धबारे पिता चंकी : ‘२५ वर्ष पुगेकी छोरीलाई केही भन्न सक्दिन’

काठमाडौँ । बलिउड अभिनेता चंकी पाण्डेले आफ्नी छोरी अनन्या पाण्डेको व्यक्तिगत जीवनको बारेमा कुरा गरेका छन् ।
एक अन्तर्वार्तामा चंकीले आफ्नी २५ वर्षीया छोरीलाई आफूले नियन्त्रणमा नराख्ने र आफ्नो निर्णय आफैले लिन दिने बताएका छन् ।
चंकीले अनन्याले बलिउडमा आफैंले ठाउँ बनाएकोमा प्रशंसा गरेका छन् । एक अन्तर्वार्तामा चंकीलाई आदित्य रोय कपुरसँग अनन्याको सम्बन्धबारे प्रश्न सोधिएको थियो । यसबारे उनले भने, ‘मलाई यसमा कुनै समस्या छैन । अनन्या २५ वर्षकी भइन् र मभन्दा धेरै पैसा कमाइरहेकी छिन् । उनीहरु जे चाहन्छन् गर्न सक्छन् । २५ वर्षकी छोरीलाई केही भन्न म कसरी हिम्मत गर्न सक्छु ।
लभ लाइफको कुरा गर्ने हो भने, अनन्या आजकाल आदित्य रोय कपूरलाई डेट गरिरहेकी छिन् । दुवैले अहिलेसम्म आफ्नो सम्बन्धलाई औपचारिक रुपमा सार्वजनिक नगरे पनि धेरै अवसरमा सँगै देखिएका छन् । अनन्याले पनि गत वर्ष आदित्य रोय कपुरसँग माल्दिभ्समा आफ्नो जन्मदिन मनाएकी थिइन् ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया