आइतबार, फागुन ३, २०८२

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

मेरोन्यूज २०८१ वैशाख ११ गते २१:०१
डढेलो म्याग्दी २६ चैत ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाको भिरमा सोमबार दिउँसो लागेको डढेलो । डढेलोका कारण म्याग्दीको सामुदायिक वनमा क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ । तस्विर सन्तोष गौतम, रासस

इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज आगलागी भएको छ । आगलागीबाट रु ५० लाखभन्दा बढीको क्षति भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

स्थानीय जियान्दन मेहताको घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो । आगो उनका छिमेकी रामदेव मेहताको घरमा राखिएको परालमा सल्केपछि अन्य १५ घर जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। आगलागीबाट महेन्द्र मेहताका १० वर्षीय छोरा घाइते भएका छन् । उनको इनरुवा अस्पतालमा उपचार भइरहेको छ ।

आगोले शिशौ टोलका सात परिवारको घरमा रहेको खाद्यान्न, लत्ताकपडा र नगद जलेर नष्ट भएको छ । आगोबाट भएको क्षतिको थप विवरण सङ्कलन भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले आगो निभाएका थिए । आगो निभाउन सात दमकल प्रयोग गरिएको थियो । आगलागीबाट सबै सामान जलेर नष्ट भएपछि पीडितको बिचल्ली भएको छ ।

प्रतिक्रिया