काँग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
मेरोन्यूज
२०८१ वैशाख १२ गते १७:३०

काठमाडौँ । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ ।
संघीय संसद सचिवालयले बुधवार एक सूचना जारी गर्दै सर्वोच्चको आदेश अनुसार सांसद गुरुङको निलम्बन फुकुवा गरेको जानकारी दिएको हो ।
गत चैत १६ गते न्यायाधीशहरू मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले निलम्बन फुकुवाको आदेश दिएको थियो ।
मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेसका सांसद गुरूङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए ।
गुरुङमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरूङविरूद्ध २०७५ माघ २१ गते भ्रष्टाचार मुद्दा दर्ता गरेपछि संसद सचिवालयले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ (घ) र दफा ३३ बमोजिम मुद्धाको अन्तिम किनारा नभएसम्म स्वत: निलम्बन गरेको थियो ।

सम्बन्धित
















पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
आजदेखि एसइई परीक्षा
आज हनुमान जन्मजयन्ती मनाइँदै
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया