मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै

काठमाडौँ । तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको छ ।
जिल्लाको घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरुगरी नवलपुरको डेढगाउँको सिमानासम्म कालोपत्र गर्न लागिएको हो । उक्त सडकखण्डमा हालसम्म तीन किमी सडक कालोपत्र गरिसकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।
पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र भइरहेको छ । उक्त सडक खण्ड यसै वर्ष कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
“अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्र गरिएको छ”, प्रमुख आचार्यले भने, “सडकको चौडाइ सात मिटरको हुनेछ भने सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिनेछ ।”
विसं २०५१ मा उक्त सडकको ट्रयाक खुलेको थियो । विसं २०७७ मङ्सिर ५ गतेदेखि सडक स्तरोन्नतिका काम सुरु गरिएको थियो ।
रु ३५ करोड १४ लाख ७४ हजार एक सय नौ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार तीन सय १६ मा कालोपत्रको ठेक्का पाएको थियो ।
विसं २०७६ फागुन ७ गते सडक कालोपत्रको सम्झौता भएको थियो । ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारीका कारण लकडाउन भएपछि निर्माण कार्य ढिलाइ भएको हो ।
जिल्लामा यस वर्ष पिसिसी, आरसिसी र कालोपत्र गरी २६ किमी सडक निर्माण गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
प्रतिक्रिया