प्रहरीद्वारा १६ लाखको सामान बरामद
मेरोन्यूज
२०८१ वैशाख १२ गते २१:३७

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६ लाख बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार दुई दिनयता भारतबाट भन्सार छली गरेर ल्याएको गहुँ, ट्रली र दैनिक उपभोग्य सामाग्री बरामद गरिएको हो । बरामद गरिएका सामाग्री कञ्चनपुर भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।
“भारतबाट भन्सार छलेर ल्याइएका सामाग्री बरामद गरेर भन्सारको जिम्मा लगाउँदै आएका छौँ”, प्रहरी नायव उपरीक्षक जोशीले भन्नुभयो । प्रहरीले चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्ममा कञ्चनपुरमा रु चार करोडभन्दा बढीको भन्सार छलीको सामान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ ।
सम्बन्धित
















जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया