बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत

मकवानपुर । बागमती प्रदेशको मन्त्रिपरिषद्को आज बसेको बैठकले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकसम्बन्धी नीति, २०८१ लाई स्वीकृत गरेको छ ।
बैठकले स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान रकम समेत स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको उक्त बैठकले प्रदेश उच्च शिक्षा नियमावली, २०७९ को पहिलो संशोधनलाई स्वीकृत गरेको छ ।
यसैगरी बैठकले बागमती प्रदेशस्तरीय सरकारी पदाधिकारी तथा कर्मचारीको कार्यकक्षको स्तरीकरणसम्बन्धी मापदण्ड संशोधनसहित स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले वन क्षेत्रका भोगाधिकार तथा रुख कटान सम्बन्धमा जग्गाको भोगाधिकार मात्रै लिइ राख्ने निर्णय गरेको छ ।
आव २०७८र७९ को प्रदेशको विभिन्न निकायमा भुक्तानी दिन रकम बाँकी रहेकाले निकासा दिन स्वीकृत प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकले प्रदेश श्रम सल्लाहकार परिषद्कोे गठन सम्बन्धमा स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।
















बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया