बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत

मकवानपुर । बागमती प्रदेशको मन्त्रिपरिषद्को आज बसेको बैठकले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकसम्बन्धी नीति, २०८१ लाई स्वीकृत गरेको छ ।
बैठकले स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान रकम समेत स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको उक्त बैठकले प्रदेश उच्च शिक्षा नियमावली, २०७९ को पहिलो संशोधनलाई स्वीकृत गरेको छ ।
यसैगरी बैठकले बागमती प्रदेशस्तरीय सरकारी पदाधिकारी तथा कर्मचारीको कार्यकक्षको स्तरीकरणसम्बन्धी मापदण्ड संशोधनसहित स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले वन क्षेत्रका भोगाधिकार तथा रुख कटान सम्बन्धमा जग्गाको भोगाधिकार मात्रै लिइ राख्ने निर्णय गरेको छ ।
आव २०७८र७९ को प्रदेशको विभिन्न निकायमा भुक्तानी दिन रकम बाँकी रहेकाले निकासा दिन स्वीकृत प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकले प्रदेश श्रम सल्लाहकार परिषद्कोे गठन सम्बन्धमा स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।
















महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
शुक्रबारदेखि मौसम बदली, यी स्थानमा वर्षा र हिमपात
बाँकेमा उम्मेदवारविरुद्ध परेन उजुरी
काराेबारसँगै बढ्यो सेयर बजार
जाँचबुझ आयोगको समय २० दिन थप
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया