कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी

रौतहट । रौतहटको कटहरिया स्थित प्राथमिक स्वास्थ केन्द्रको आकस्मिक कक्ष मा डाक्टर नहुँदा उपचार गराउन आउने बिरामीको आफन्तले अपिडी लगायतको कक्षामा तालाबन्दी गरेका छन्।
कटहरिया नगरपालिका ५ बलरामपुर गाउँ स्थित भुंस र बाँसमा लागेको आगो निभाउन गाएकी एकजना महिलाको साडीमा सल्किएर जिउको अधिकांस भाग जलेको छ। स्थानिय सुजाईत मियाँकी ५० बर्षिया श्रीमती आस्मा खातुनले आज बिहान ७ बजे घर छेउको आगो निभाउने क्रममा साडीमा आगो लागेर उनको शरिरको अधिकांस भाग जलेको हो।
घटना लगतै आफन्तहरूले तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र कटहरियाको आकस्मिक कक्षमा लागेका थिए। आकस्मिक कक्षमा २ घन्टासम्म गम्भीर अवस्थामा रहेकी महिलाको उपचार गर्ने कुनै डाक्टर नभेट्दा आक्रोसित परिवारका मानिसले अपिडी लगायत सबै कक्षामा तालाबन्दी गरेका छन।
आकस्मिक सेवा सुचारु भएपछि केन्द्रमा २४औं घन्टा डाक्टर लगायत स्वास्थ्यकर्मीको सेवा उपलब्ध हुनुपर्नेमा यहाँ पटकपटक यस्ता लापरवाहीको घटनाहरू भईरहेको छ।
बिहान ९ बजे न्युज कारखानाका प्रतिनिधि आकस्मिक कक्षमा पुग्दा आगलागी बाट जलेकी महिला अचेत अवस्थामा बेडमा सुतेकी थिइन, उनको आफन्तहरु जलेको स्थानमा मलहम लगाएर छतपट गरिरहेका थिए तर त्यहाँ उपचार गर्ने कोई डाक्टर थिएनन्।
घाईते महिला संगै आएका महमद उमरले बिरामी लिएर आएको दुईघण्टा भयो यहाँको अवस्थाबारे अस्पतालका डाक्टर संगै कटहरियाका जनप्रतिनिधिलाई पटकपटक फोन गर्दा कसैले वास्ता नगरेको कारण बाध्यभएर अस्पतालमा तालाबन्दी गरेको बताएका छन।
बिरामीको अवस्था सुनेर करिब ९ बजे अस्पतालमा पुगेका अहेव बिनोद गुप्ताले जलेर घाईते भएकी खातुनको अवस्था गम्भीर छ, मैले जाने अनुसार उपचार गरेर थपउपचारको लागि बिरगंज रेफर गरिएको बताएका छन्। प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका प्रमुख डाक्टर धर्मेन्द्र पटेल घर गएका छन्, अर्का डाक्टर अर्जुन जैसवालको घरमा बिहे भएकाले उनी पनि अनुपस्थित रहेको अहेव गुप्ताले जानकारी दिएका छन।
डाक्टरहरु उपस्थित हुँदा खातुनको उपचार सम्भव थियो तर कुनै डाक्टर नभएको कारण बाध्यभएर बिरगंज रेफर गरिएको उनको भनाइ रहेको छ। डाक्टरहरुको लापरवाहीको कारण प्राथमिक स्वास्थ केन्द्र कटहरियामा उपचार गराउन आउने बिरामी लाई पटकपटक यस्ता कठिनाइको सामना गर्नु परेको स्थानीयहरूले बताएका छन।
पूर्व मेयर सियाराम कुशवाहाको कार्यकालमा केन्द्रमा सुरुभएको आकस्मिक सेवा पछिल्लो एकबर्ष देखि प्रभावित भएको छ।

















Hridayachandra Memorial Award conferred on Ram Binaya
16 days left to go for elections: Number of candidates opening bank account on rise
यस्ताे छ आज सुनचाँदीकाे मूल्य
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया