मलामी गएका व्यक्ति भेरी नदिमा बेपत्ता, खोजीकार्यको लागि सशस्त्र प्रहरिकाे गोताखोर परिचालन

रुकुम । पश्चिम रुकुमको चौरजहारी नगरपालिका–३ रानीघाटमा मलामी गएका व्यक्ति भेरी नदिमा बेपत्ता भएपछि खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।
सोही नगरपालिका-९ कोटजहारी बस्ने करीव ६१ वर्षिय नारायण खड्का मलामी गएको समयमा बैशाख १२ गते दिउँसो सो नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ६ जनाको गोताखोर टोली बिहिबार उनको खोजीकार्यको लागि उक्त स्थानमा पुगेको थियो । दिउँसो ३ बजेदेखि खोजीकार्य गर्दा उनको शव नभेटिएपछि सो टोली आश्रित गुल्म जाजरकोटमा फर्किएको छ भने शुक्रबार बिहानैदेखि उनको खोजीकार्यमा परिचालित हुनेछ ।
त्यस्तै चितवन र तनहुँको बीच भागमा पर्ने मुग्लिन पुल नजिकै त्रिशुली नदिको बीच भागमा अड्किएका एक पुरुषको शव सशस्त्र प्रहरीले बैशाख १३ गते बाहिर निकालेको छ ।
ईलाका प्रहरी कार्यालय मुग्लिनबाट त्रिशुलीको बीच भागमा शव अड्किएको भन्ने जानकारी पाए लगत्तै विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको सुरक्षा फौजले उक्त शव पानीबाट बाहिर निकालेको हो ।
















कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया