गणेशमान सिंह क्रिकेट : सुदूरपश्चिम विजयी

काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती प्रदेशलाई पराजित गर्दै विजयी भएको छ ।
मूलपानी क्रिकेट मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले बागमतीलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा जित हासिल गरेको हो ।
बागमतीले प्रस्तुत गरेको ७१ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १० दशमलव दुई ओभरमा सात विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहरा र वसन्त कार्कीले समान १७÷१७ रन बनाए भने नरेन साउदले १० रन बनाए । बागमतीका लागि इशान पाण्डेले तीन विकेट लिँदा रिजन ढकालले दुई तथा सोनु देवकोटाले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ७० रनको योगफल बनाएको थियो । बागमतीका लागि सोनु देवकोटाले सर्वाधिक ३५ रनको योगदान दिए । त्यस्तै रिजन ढकालले १७ रन जोड्नुबाहेक अन्य खेलालीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि भोजराज भट्टले चार विकेट लिए भने हेमन्त धामीले तीन विकेट लिए । त्यस्तै शेर मल्लले दुई तथा नारायण जोशीले एक विकेट लिए ।















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया