गणेशमान सिंह क्रिकेट : सुदूरपश्चिम विजयी

काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती प्रदेशलाई पराजित गर्दै विजयी भएको छ ।
मूलपानी क्रिकेट मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले बागमतीलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा जित हासिल गरेको हो ।
बागमतीले प्रस्तुत गरेको ७१ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १० दशमलव दुई ओभरमा सात विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहरा र वसन्त कार्कीले समान १७÷१७ रन बनाए भने नरेन साउदले १० रन बनाए । बागमतीका लागि इशान पाण्डेले तीन विकेट लिँदा रिजन ढकालले दुई तथा सोनु देवकोटाले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ७० रनको योगफल बनाएको थियो । बागमतीका लागि सोनु देवकोटाले सर्वाधिक ३५ रनको योगदान दिए । त्यस्तै रिजन ढकालले १७ रन जोड्नुबाहेक अन्य खेलालीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि भोजराज भट्टले चार विकेट लिए भने हेमन्त धामीले तीन विकेट लिए । त्यस्तै शेर मल्लले दुई तथा नारायण जोशीले एक विकेट लिए ।














नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया