सोसियडाडमाथि रियल म्याड्रिड विजयी
मेरोन्यूज
२०८१ वैशाख १५ गते ९:१८

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल सोसियडाडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा खेलको २९औं मिनेटमा आर्डा गुलेरले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि रियल म्याड्रिडको ३३ खेलमा ८४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।
त्यसैगरी एक खेल कम खेलेको बार्सिलोना ३२ खेलमा ७० अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै रियल सोसियडाडको भने ३३ खेलमा ५१ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ ।
सम्बन्धित














नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया