प्रविधिमैत्री बन्दै काठमाडौं महानगरका सामुदायिक विद्यालय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘स्मार्ट बोर्ड’ वितरण गर्ने तयारी गरेको छ ।
सामुदायिक विद्याल र शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउनका लागि कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड वितरण गर्ने तयारी गरेको महानगरको शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिइन् ।
प्रमुख पोखरेलका अनुसार उक्त बोर्ड अहिले खरिद प्रक्रियामा छ । केही दिनभित्रमा नै विद्यालयलाई वितरण गर्ने तयारी रहेको उनले बताइन्। “अहिले कुनकुन विद्यालयलाई वितरण गर्ने यकीन भने भएको छैन”, उनले भनिन् । हाल महानगरमा ८९ सामुदायिक विद्यालय छन् । सकेसम्म धेरै विद्यालयलाई वितरण गर्ने चाहना महानगरको छ ।
स्मार्ट बोर्ड, प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई अध्ययन गराउने एउटा माध्यम हो । “आवश्यकताअनुसार भिडियो देखाउन मिल्नेछ, गुगल सर्च गरी पठन पाठन गर्न मिल्छ, आवश्यकता परे पावर पोइन्टको प्रयोग गरेर अध्ययन गर्न मिल्ने प्रविधि हो”, उनले भनिन् ।
बोर्डसँगैले शिक्षकलाई अध्यापन गराउन सहजताका लागि ल्यापटपसमेत वितरण गर्ने तयारी रहेको जनाइएको छ । ल्यापटप पनि खरिद प्रक्रियामा रहेको पोखरेलले जानकारी दिइन् । त्यसैगरी कामपाले नेपाल सरकाको मापदण्डअनुसार विद्यार्थीलाई अध्ययन गर्न सहज होस् भन्ने हिसाबले फर्निचरका सामग्री पनि खरिद गर्ने तयारी गरेको महानगरले जानकारी दिएको छ ।
कामपाले सामुदायिक विद्यालयलाई सुधारेकै कारण चालु शैक्षिकसत्रमा महानगरका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । न्यून शुल्कमा विषयगत शिक्षकमार्फत अध्ययन गर्न पाउने भएपछि महानगरका सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थी बढेका हुन् ।
शिक्षा विभागका अनुसार अहिले सामुदायिक विद्यालयमा अध्ययन अध्यापन गर्नका लागि सबै स्रोतसाधनले सम्पन्न प्रविधिमैत्री बनाउने प्रयासमा कामपा रहेको छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि उपयुक्त वातावरण तयार गर्ने काममा नै कामपाको ध्यान केन्द्रित भएको प्रमुख पोखरेलले बताइन् ।
शिक्षा क्षेत्रको सुधारकै लागि कामपाले चालु आर्थिक वर्षका लागि शिक्षामा रु एक अर्ब ३२ करोड नौ लाख ३३ हजार रकम विनियोजन गरेको छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया