आइतबार, वैशाख १३, २०८३

प्यूठानमा आगलागी सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

मेरोन्यूज २०८१ वैशाख १६ गते १९:२५

प्यूठान । प्यूठानको झिमरूक गाउँपालिका-५ मच्छिबजारमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आगलागी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्थानिय वन महासंघ झिमरूक गाउँपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यूठानको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

Advertisement
NiccNicc

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले पछिल्लो समयमा डढेलो, आगलागीका कारण वन क्षेत्र, घर, गोठ र चौपाय समेत क्षति हुन पुगेकोमा आगामी दिनमा यस्ता घट्नाहरू नियन्त्रणको लागि आवश्‍यक सामग्रीको व्यवस्थापन र आगलागीमा संलग्न व्यक्ति पहिचान गरी कानून बमोजिम कारवाहीका लागी स्थानीय नागरिक र वन समूहको महत्वपुर्ण भूमिका रहेको चर्चा गरेका थिए । 

लुम्बिनी प्रदेश वन महासंघका प्रदेश सदस्य दामोदर शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक इश्‍वर थापा, स्थानिय वन महासंघ झिमरुक गाउँपालिकाका अध्यक्ष मान बहादुर जिसी तथा डिभिजन वन कार्यलयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया