नेपाली लेखक संघ धनगढीले मनायो स्थापना दिवस

धनगढी । नेपाली लेखक संघ धनगढीले स्थापना दिवस मनाएको छ। आइतबार एक समारोहकाबीच स्थापना दिवस मनाइएको अध्यक्ष तिर्थराज पाण्डेयले बताए।
२००८ सालमा स्थापना भएको लेखक संघले कला र साहित्यको विकासमा अतुलनीय योगदान पु्र्याउँदै आएको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका शिक्षा विद् धर्मदेव भट्टले बताए। उनले मुलुकको परिवर्तनमा लेखकहरूको ठूलो भूमिका रहेको स्मरण गर्दै लेकखहरूलाई एकै थलोमा ल्याउने काम लेखक संघले गर्दै आएको बताए।
‘लेखकहरू देशको बौद्धिक वर्ग हो। उहाँहरूले लेखेका कुराले समाजमा ठूलो अर्थ राख्छ र ठूलो प्रभाव पनि पार्छ। त्यसैले लेखकहरूको योगदानलाई भुल्नु हुँदैन। उहाँहरूलाई सम्मान गर्दै लेख्न थप प्रेरित गर्नुपर्छ। हाम्रो देशको सन्दर्भमा भने त्यो अलि कमै पाइन्छ,’ भट्टले भने।
यस्तै कार्यक्रमका विशिष्ट अतिथिसमेत रहेका नेपाली लेखक संघका केन्द्रीय सदस्य गणेश नेपालीले मुलुकको लोकतान्त्रिक आन्दोलनमा साहित्यिक मियोका रूपमा रहेर लेखक संघले भूमिका निर्वाह गर्दै आएको स्मरण गरे।
कार्यक्रममा नरेन्द्र भट्ट, पदम राना, मेघा भट्ट, मोहन भण्डारी, चित्रराज भट्टलगायतले आफ्नो धारणा राखेका थिए। यसका साथै विभिन्न श्रष्टाहरूले आफ्ना रचना वाचन गरेका थिए।
















सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
नुवाकोटको गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया