टी-२० विश्वकप खेल्ने अफगानिस्तानको टिमको घोषणा

काठमाडौँ । अफगानिस्तानले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि अफगानिस्तानले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
विश्वकप खेल्ने अफगानिस्तानको टिममा राशिद खान (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकीपर), इब्राहिम जद्रान, अजमातुल्लाह ओमरजाई, नजिबुल्लाह जद्रान, मोहम्मद इशाक, मोहम्मद नाबी, गुलबादिन नाइब, करिम जनात, नांग्याल खरोती, मुजीब उर रहमान, नूर अहमद, नवीन उल हक, फजलहक फारुकी र फरीद अहमद मलिक रहेका छन् ।
त्यसैगरी टिमसँगै जाने रिजर्भ खेलाडीमा सेदिक अटल, हजरतुल्लाह जाजई र सलीम साफी रहेका छन् ।
टी-२० विश्वकपमा अफगानिस्तान समुह सी मा रहेको छ । यस समुहमा अफगानिस्तानसँगै न्यूजील्याण्ड, वेस्ट इन्डिज, पिएनजी र युगाण्डा रहेका छन् । विश्वकपमा अफगानिस्तानको पहिलो खेल जुन ३ मा युगाण्डासँग रहेको छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया