टी-२० विश्वकप खेल्ने ओमान टिमको घोषणा

काठमाडौँ । ओमानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि ओमानले आकिब इलियासको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । ओमानले विश्वकपमा जिशानको ठाउमा इलियासलाई कप्तान बनाएको छ ।
विश्वकप खेल्ने ओमानको टोलीमा आकिब इलियास (कप्तान), जिशान मकसुद, कश्यप प्रजापति, प्रतीक आठवले (विकेट), अयान खान, शोएब खान, मोहम्मद नदीम, नसीम खुशी (विकेट), मेहरान खान, बिलाल खान, रफिउल्लाह, कलीमुल्लाह, फय्याज बट, शकील अहमद रहेका छन् । त्यस्तै रिजर्व खेलाडीमा जतिन्दर सिंह, समय श्रीवास्तव, सुफयान महमूद र जय ओडेद्रा रहेका छन् ।
ओमान विश्वकपको समुह बी मा रहेको छ । यस समुहमा ओमानसहित इङल्याण्ड, अस्ट्रेलिया, नामिबिया र स्कटल्याण्ड रहेका छन् ।
ओमानले पहिलो खेल जुन २ मा नामिबियासँग खेल्ने तालिका रहेको छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया