नेता भएर अर्ती नदिनुस् आफूले पनि काम गर्नुस् : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेता भएर पार्टी कार्यकर्ता र जनतलाई अर्ती नदिन सुझाएका छन् ।
नेकपा (एमाले) सुर्खेत वीरेन्द्रनगर कमिटीको आज आयोजित दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले अर्ती दिएर मात्र कोही कसैको जिम्मेवारी पूरा हुँदैन भने् । “नेतृत्व स्वयंले काम गर्नुपर्दछ । जसको सकारात्मक प्रभाव तलसम्म पुग्दछ”, उनले भने, “उपभोक्तामुखी सोचले व्यक्ति मात्र होइन, पार्टी पनि सिद्धिन्छ ।”
राजनीतिक लडाईंभन्दा आजको समृद्धिको लडाई अझ बढी चुनौतीपूर्ण भएको जनाउँदै उनले यो कठिन अवस्थालाई सामना गरेर सबैले आआफ्नो क्षेत्रको भूमिका निर्वाह गरी नमुनायोग्य पात्रका रुपमा आफूलाई देखाउन नेता तथा अगुवा कार्यकर्तालाई अनुरोध गरे ।
उनले भने्, “म अहिले कर्णाली सरकारको नेतृत्व गरिरहेको छु । म एक्लैले केही गर्न सक्ने अवस्था हुँदैन । यसमा सहयात्री दल, पार्टीभित्र पनि समकक्षी साथीहरु छन् । सबैको साथ सहयोगबाट मात्र परिणाम निकाल्न सकिन्छ । कर्णालीको विकास र समृद्धिको अभियानमा सबै एकमत हुन जरुरी छ । यसो हुनसके मात्र हामीले अपेक्षा गरेको सपना हुन्छ ।” उनले गलत काम गर्नेको पक्षमा नबोल्न र त्यस्ता कार्यमा नजोडिन पनि सुझाए।
उद्घाटन कार्यक्रममा सहभागी एमालेका केन्द्रीय सदस्य नवराज रावत, ठम्मर विष्ट, केन्द्रीय सल्लाहकार समितिका सदस्य बालाराम शर्मा, प्रदेश सचिव ध्रुवबहादुर शाही, जिल्ला अध्यक्ष कुलमणि देवकोटालगायतले अब्बल नेतृत्व चयन गर्न भन्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेक थिए।
















अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना
यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया