टी-२० विश्वकप खेल्ने क्यानडाको टाेली घोषणा

काठमाडौँ । क्यानडाले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि क्यानडाले साद बिन जाफरको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
विश्वकप खेल्ने क्यानडाको टिममा साद बिन जफर (कप्तान), आरोन जोन्सन, डिलोन हेलिगर, दिलप्रीत बाजवा, हर्ष ठाकर, जेरेमी गोर्डन, जुनैद सिद्दिकी, कलीम साना, कंवरपाल तथगुर, नवनीत धालीवाल, निकोलस किर्तन, परगट सिंह, रविन्द्रपाल सिंह, रायन खान र श्रेयस मोभ्भा रहेका छन् । त्यस्तै रिजर्भ खेलाडीमा ताजिन्दर सिंह, आदित्य वरधराजन, अम्मार खालिद, जतिंदर मथारु, र परवीन कुमार रहेका छन् ।
क्यानडा विश्वकपमा समुह ए मा रहेको छ । समुह ए मा क्यानडासहित भारत, पाकिस्तान, आयरल्याण्ड र अमेरिका रहेका छन् । क्यानडाले विश्वकपमा आफ्नो पहिलो खेल जुन १ मा अमेरिकासँग खेल्ने तालिका रहेको छ ।













रुकुममा सनासो प्रहार गरी श्रीमतीको हत्या
कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने
घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया