बुधबार, मंसिर १७, २०८२

कस्ताे छ तपाईंको आजकाे दिन ? हेर्नुहाेस् राशिफल

मेरोन्यूज २०८१ वैशाख २१ गते ६:५०

आजमिति २०८१ साल वैशाख २१ गते शुक्रवार तदअनुसार मे ३ तारिख, वैशाख कृष्ण दशमी

आज को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । पुनर्मिलनको योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शेयर बजारबाट लाभ हुनेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )

घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )

कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज भाग्यले साथ दिनेछ । काम देखाएर अरूको मन जित्न सकिनेछ । परोपकार तथा सामाजिक सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

आज इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । आफन्तसँग खिन्नता बढ्नसक्छ । सामाजिक काममा व्यस्त हुने समय पनि रहेको छ ।

प्रतिक्रिया