सोमबार, पुष १४, २०८२

जापान पठाइदिने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगी, २ जना पक्राउ

मेरोन्यूज २०८१ वैशाख २१ गते १२:५६

काठमाडौं । जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार ठगीको आरोपमा पक्राउ परेका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले एक एजुकेशन कन्सल्टेन्सी दर्ता गरेर जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्दै आएका थिए ।

प्रतिक्रिया